दफा ९७
प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
प्रदेशले बीमा सञ्चालन र व्यवस्थापन सम्बन्धमा ऐनको दफा १३१ बमोजिमका अतिरिक्त बीमाको प्रचारप्रसार तथा प्रबर्द्धन र देहायका विषयको गुनासो सुनुवाई गर्ने कार्य गर्नेछ:-

(क) बीमकको सेवा प्रवाह सम्बन्धी गुनासो,

(ख) बीमा कर्मचारी, मध्यस्थकर्ता तथा तिनको सेवा प्रवाह सम्बन्धी गुनासो,

(ग) दाबी भुक्तानी सम्बन्धी गुनासो ।